Dukulanthak logo

Dukulanthak

Real News for Real People

यो समाचार सत्य हुन पनि सक्छ

अस्ट्रेलियन सहरका नगरपालिका को उघ्र व्यवहार सहन नसकेर 5000 नेपाली नागरिक र बिद्यार्थी नेपाल नै फर्कने

अस्ट्रेलियन सहरका नगरपालिका को उघ्र व्यवहार सहन नसकेर 5000 नेपाली नागरिक र बिद्यार्थी नेपाल नै फर्कने

गरिखान नदिने नगरपालिकाको हातमा, migrate गरेर नया जीवन बसाल्न गएका नेपाली expat नागरिक Australia मा अलपत्र परेका छन्। सैयौं नेपाली ले Sydney को George Street, Pitt Street, Circular Quay जस्ता high footfall हुने सहरी टोल र ब्यापारिक केन्द्र का footpath मा कपडालत्ता साग सब्जी को व्यापार गरेर गुजारा गरिरहेको स्थिति छ।

नेपाली ले एस्तो व्यापार गर्नु अगाडी अरु कुनै देशकाले पनि एस्तो दिमाग लगाउन सकेका थिएनन्। बहाल तिर्नु नपर्ने, cash मा व्यापार गरेर tax को अनावस्यक भार बोक्न नपर्ने र मनग्गे व्यापार फाइदा हुने एस्तो footpath व्यापारमा Australia मा नेपालीको नै सबैभन्दा बलियो पकड छ।

कसैले दाबि पनि नगरेको, प्रतक्छ रुपमा उपभोग पनि गतिलो नभएको सडकका किनार, काम नलाग्ने सामुदायिक park, खोलानहर छेउका खेर गएका जग्गाजमिन Australia मा धेरै छन्

Melbourne को  Flinders Street station बाहिरको पदयात्री मार्ग (footpath) मा बर्षौं देखि mobile case र  accessories को व्यापार गरेर सामाजिक  योगदान पुराइरहेका स्याङ्जा का स्थायी Yograj Bhattarai भन्छन - "यो मुला खाते Melbourne नगरपालिका ले केइ हल्लौन सक्दैन। हाम्ले गरि खान पाउनु पर्छ।" UML-Australia का सदश्य समेत रहेका Bhattarai ले आफ्नो कमाई नेपाल पठाउदा केहि परिमाण party को कोषमा पनि donate गर्ने गरेका छन्। 'खाते Melbourne नगरपालिका' ले  line cross नै गरेको खण्डमा UML-Australia ले पूर्ण रुपमा उनलाई र उनको व्यापारलाई आवश्यक सम्रक्छ्यण दिनेछ भन्ने उनलाई बिश्वाश छ।

कर्मठ नेपाली युवा माथि Australian नगरपालिका को सोषण

नेपाली समुदाय बाट भिसण बिरोध आउदा आउदै पनि Australian सरकार भने मुकदर्शक नै भएर बसेको छ। नगरपालिकाहरुले एस्तो अमानविय क्रियाकलाप अगाडी बढाउंदा, Australia मा सबै Nepal based पार्टी हरुका संगठनबाट एकजुट भएर कडा भत्शर्ना भएकै हो। तर पनि Yograj Bhattarai र उनीजस्ता अरु हजारौं नेपाली व्यवसायीको कसैले सुन्दिएको छैन। Australian महानगर्पलिकहरुका Dozer चलेकै छ, समान सामग्री जफत भएकै छ, यतिसम्मकि सडकको थोरै मात्रै area मिचेर भवन बनाउन सफल Sydney को एक ThetaGamma Education Consultancy को त building को अघिल्लो भाग नै गायब पारियो।

Developed country को संज्ञा पाएपनि Australia चलाउने नेता र कार्यकर्ता/कर्मचारीका बुद्धिबिबेक नभएकै पाइएको छ। Nepal बाट Australia को अर्थतन्त्र मा केहि सकारात्मक योगदान पुर्याउछु भनेर हजारौं कोष परि पुगेका सम्पूर्ण Nepali नागरिक यस गम्भीर बिषयलाई लिएर अत्यन्तै निराश भएका छन। चरणबद्ध रुपमै, सहरको केन्द्रमा dozer प्रहार गरेपश्च्यात अब Australia का आवाशीय suburbs मा पनि येही किसिमको आतंक सुरुवात हुने संकेत आइसकेको छ।

कसैले दाबि पनि नगरेको, प्रतक्छ रुपमा उपभोग पनि गतिलो नभएको सडकका किनार, काम नलाग्ने सामुदायिक park, खोलानहर छेउका खेर गएका जग्गाजमिन Australia मा धेरै छन्। येस्तै unused भूश्रोत सदुपयोग गरेर Nepal बाट आएका थुप्रै expat ले Australia मा नयाँ किसिमको आम्दानी कसरि गर्ने भन्ने माग्दर्शन Australia का सम्पूर्ण नागरिकबासि लाई दिदै आएको पनि अहिले एक दशक बढी भैसक्यो। अहिले एक्कासी बसीआएका Nepali expat हरुका घरघडेरी मा एस्तो भयानक आक्रमण हुदा सबै Australian-नेपाली तथा PR holder (वर्तमान एवं भूतपूर्व निजामती समेत), तेल visa holder र अन्य अग्रगामी नेपाली पृष्टभुमि का जनासमुदाय ले Australia मा आफ्नो भविष्य धमिलो भएको अनुभूति गरेका छन्।

Australia को Sydeny मा बस्ने Nepali घरधनी को नक्सापास नभएको कच्याककुचुक परेको घर 

उता Adelaide को River Torrens माथि र Canberra को दुइचार पोखरी पुरेर बनेका, हामीले गर्व गर्न मिल्ने, नेपाली साहूबाहक व्यवसायिक भवन अहिलेलाई अदालती stay order ले चलेकै भए पनि उनीहरुको पनि भविष्य अनिश्चित छ। Australian सर्वोच अदालत मा नेपाली बाहुल्यता नहुन्जेल यो बाटो पनि हाम्रो लागि तेती काम लाग्ला जस्तो छैन।

दुष्टयाई को उपचार आफ्नो देशमा नै पाउने विश्वास गर्दै यो महिना मात्रै 5000+ नेपाली ले उज्यालो भविष्य को विकल्प खोज्दै Australia बाट मातृभूमि Nepal नै फर्किने निर्णय गरेका छन्। आफ्नो नागरिक लाई support स्वरुप यो बर्ष भरि नेपाल फर्किने सबैलाइ Nepal सरकार ले 100 किलो सम्म झिटीगुन्टा भन्सार छुट दिने भएको छ।

Australia मा पाउने सबै किसिमका अनौठो समान-सामग्री ल्याएर Kathmandu को Baneshwor, RNAC, Ason, Koteshwor आदि एरिया मा ब्यापारिक सुरुवात गर्न सबैलाई सुभकामना।

स्थानीय तह निर्वाचनमा अब भूत-प्रेतपनि उठ्न पाउने

स्थानीय तह निर्वाचनमा अब भूत-प्रेतपनि उठ्न पाउने

चुनावी गठबन्धनको तालमेल बटारिंदै जाने क्रममा मुख्य दलहरुले अहिले आएर भुत-प्रेतलाई पनि पार्टी मार्फत, वा स्वतन्त्र उमेदवारको रुपमा, उठ्न दिने भएको छ।

समाजमा भुत-प्रेत पुजक व्यक्तिले अब आफ्नै उमेदवार पाउने बाटो खुलेकोमा तेस्ता व्यक्तिहरु अहिले हावामा उडिरहेकाछन् भन्ने खबर एस प्रकाशनले पाएको छ।

नौलो किसिमकै उमेदवारको खोजिमा लागेका यूवा समूह बाटपनि यो निर्णय सकारात्मक परिवर्तनको आधार होकी भन्ने आश उठेको कुरा ब्यक्त भएको छ।

धेरै राजनीतिक क्रियाकलाप को बर्षौं देखि विस्लेषण गर्दै आएका च्यापसलहरुमा बासै बस्ने च्या पारखीद्वारा भने यो कदम राजनीतिक दलहरुबाट नियमित हुने चल्खेल को एक उदाहरण मात्र भएको दाबि गरिएको छ। गठबन्धनको अभ्यास complicated हुदै गएको स्थितिमा भुत-प्रेतलाई नै चुनाब मा उठाएर जित्नेलाई हराउने र हार्नेलाई जिताउने एस्तो सृजनात्मक खेल सडेगलेका नेताबाट नभए अरु को बाट हुने त, भन्ने उनीहरुको च्याचुसकी बिचको टिप्पणी छ।

गफ गर्दै गर्दा टेबुल मा ताण्डव मचाउन भ्याइसकेको एउटा माखो लाई पनि च्यापसल बिस्लेशकले भने मार्ने कोसिस नगरेको पाइएको छ।

भुत-प्रेत जमात लाई प्रश्न गर्दा भने उनीहरुमा चुनावी जीत को कुनै पनि आश नरहेकै प्रस्ट हुन्छ। मुख्य दल बाट dough आएसम्म किचकन्नी, ख्या:, राँके भूत, कंकाल आदि को प्रतिनिधि गर्ने भयमान मशानलाल (माथी देखिएको) ले चुनावबाट पछि नहट्ने बक्तव्य दिएका छन्।

चुनाब चिन्ह माकुरा

भुत-प्रेत पार्टी लाई vote भने जिउदै मान्छे ले पनि दिन मिल्छ। चुनाब चिन्ह माकुरा स्मरण गर्न सबैलाई पाताल लोकको भयानक अनुरोघ।

Covid-19 Vaccination मा नेपाल लाई आत्मनिर्भर बनाउन दुगढ़/वैद्य समूह ले ३२ करोड ४३ लाख लगानी गर्ने 💉

Covid-19 Vaccination मा नेपाल लाई आत्मनिर्भर बनाउन दुगढ़/वैद्य समूह ले ३२ करोड ४३ लाख लगानी गर्ने 💉

भारतको जस्तो हालत नेपालको नहोस् भन्ने चेस्ठा राख्दै नेपालका दुइ ठूला व्यापारिक समूह (Dugar + Vaidya) ले औषधि उत्पादन मा आत्मनिर्भरता बढाउन देशप्रेमी कदम चाल्ने घोसणा गरेका छन्।

३२ करोड ४३ लाख को लागतमा स्थापना गरिने Hukam Pharmaceuticals & Research Center Pvt Ltd ले एक हप्ता भित्र ५० लाख dose Corona vaccine उत्पादन गरेर बजार मा निशुल्क वितरण गर्ने निर्णय गरेको छ।

समाजमा ठुलो स्वास्थ्य आपत्ति आएको बेला हात बटाउन पाउदा आफ्नो नाम वैद्य हुनुको अर्थ राम्रैसंग खुलेको गाडी ब्यापारी सुरज को भनाई छ।    

ठुला व्यापारिक घर ले गरेको यो समाज उद्दारको कामलाई हौशला दिदैं नेपाल सरकारले जडिबुटी bus stop मा रहेको भवन पनि कम्पनी को प्रयोजनका लागी long-term lease (99 years @ Rs 101 / month) मा दिने भएको छ।

एस कम्पनी बाट उत्पादित औषधि लोकल बजार देखी विदेश निर्यात सम्म को ठेक्का भने Omni समूह ले हात पारेको छ। वितरणमा लाग्ने सम्पूर्ण खर्च आफै बेहोर्ने र निर्यात गरेको सम्पुर्ण कमाई Omni समूह ले सामुदायिक अस्पताल र स्वास्थ्य चौकी को बिकास का लागी हस्तान्तरण गर्ने निर्णय पनि खुलस्थ पारिएको छ।

Australia को visa लागिसकेका बिद्यार्थी आकस्मिक उद्यमी, border खुल्न कुर्दा कुर्दै करोडपती

Australia को visa लागिसकेका बिद्यार्थी आकस्मिक उद्यमी, border खुल्न कुर्दा कुर्दै करोडपती

२०२० को April महिनामै Australia मा पढ्न student visa पाएका अर्जुन फुंयाल र उनका dependent दावा फुटी शेर्पा, July 2020 मा semester सुरु गर्ने आश मा रमाइरहेका थिए।

Corona को कारण अस्ट्रेलिया ले border नै नोखोल्दिए पछि उनीहरु र हजारौं अरु नेपाली बिद्यार्थी तथा तिनका dependent spouse (असली र व्यवहारिक दुवै किसिमका) अन्योलमा परेका थिए। झिंगा धपाएर दिन र तारा गन्दै रात बिताउनु भन्दा, बरु business सुरु गरौँ भनेर उनीहरु लागेको अहिले ९ महिना पुरा भयो।

९ महिना बितेको पत्तै नपाएको उनीहरुको भनाइ छ, साथै business फस्टाएर यो ९ महिना मा उनीहरुले १ करोड ७ लाख रुपैया नाफा गरेको पनि खुलासा गरेका छन्।

अब अस्ट्रेलिया नै पनि नजाने हो कि भन्ने उनीहरुको विचार रहेछ। Visa मा र fee तिर्न लागेको लगानी पनि उठेको र नेपाल मै रमाइलो हुन थालेकोले, के पढ्न मात्रै अस्ट्रेलिया जाने भन्ने सोच उनीहरु मा पलाएको छ। Fee तिरेको १२ लाख र consultancy ले ६०% ब्याज मा हजम पारेको २ लाख रकम वसुली मात्र नभएर उल्टै करोडपति दम्पति हुनपाएकोमा उनीहरु हर्षित छन्।

भाग्यमानी को भुतै कमारो 

अस्ट्रेलिया खर्च लान छुट्टाएको ५ लाख रुपैया लगानी गरि एति छिटो करोड कसरि कमाएको, उनीहरुले यो कुरा चाही प्रष्ट पारेनन् । "कृषि को लागि अर्बौं आएको छ नि, थाहा छैन तपाईंलाइ..." - भन्न खोज्दै गर्दा अर्जुनलाई दावा ले चिमोटेर चुप लाग्न इशारा गरिन्।

विदेश जानै मरिहत्ते गर्नु पर्ने स्थिति अब रहेन जस्तो उनीहरुलाई लागेको छ। आफ्नो सफलता मार्फत, चाहाना र दृढता राखेमा, नेपाल मै जे पनि गर्न गराउन सकिने उनीहरुको उत्साहजनक संदेश सबै बिद्यार्थी मा पठाएका छन्।

Corona खोपको queue मा झेल्ली गर्ने जेल चलान

Corona खोपको queue मा झेल्ली गर्ने जेल चलान

कोरोनाको खोप (Covid-19 vaccination) लगाउन लाइन बस्ने क्रममा ललितुपुरमा हिजो एक अप्रिय घटना घटेको समाचार छ।

अल्का अस्पताल (Alka Hospital) मा प्रहरी लाइ आफ्नो सोर्सफोर्स (source-force) संग फोनमा कुरा गराई खोप लाउन घुस्न खोज्ने, लाइन मिची भ्रस्टाचारको बिकृति फैलाउने पावरफुल व्यक्तिहरुलाई प्रहरीले नै हिरसाद मा लिई कारवाई गरेको छ। 🚔

महंगा पहिरन, पोशाक लगाएका, चिल्लो गाडीमा पालेका तर धैरियता र सिष्टाचारका गरिब इ मानिसहरु आफ्नो समयको असाध्यै ख्याल राखेपनि अरुको समय र दुख: लाई तेती महत्व नदिने स्वभावका थिए। प्रहरीले यो स्वार्थी र अनुसासनहिन बेहोरा लाई रोक लाउदै, इनी पटमुर्ख लाई सबक सिकाउनै थुना लागेको स्पस्ट परेका छन्।

प्रहरीको यो कदम सबैले प्रशंशा गरेका छन्, तथा लाइन मिच्वा टोलिलाई थुनामै राख्न, कोर्रा हान्न र कान समातेर उठबस गराउन सबै पार्टीका नेता, मन्त्रिपरिषद र private sector बाट Global IME Bank ले पनि पूर्णरुपमा समर्थन जनाएका छन्।

[प्रतक्षदर्शी: @inkthink]

Dharahara को गजुर बनाउदा ३३० किलो सुन

Dharahara को गजुर बनाउदा ३३० किलो सुन

धरहरा को गजुर बनाउन ३३० किलो सुन प्रयोग भएको Nepal Reconstruction Authority ले आज सार्वजनिक गरेको छ। अनुमान भन्दा १० गुणा बढी सुन प्रयोग भएतापनि, बनिसकेको धरहरा ले अपार खुसियाली निम्त्याउन सफल भएको छ।

हरेक नेपाली को शान धरहरा, ६ बर्ष पछि फेरी ठडीदा जनता को छाती गर्वले फुलेको छ।

३३० किलो सुन को प्रयोग गरेको खुलासा गरे पनि, त्यसमध्ये १०% को श्रोत चाही नखुलेको र खुल्ने अवस्था नरहेको औपचारिक घोसणा छ।

[Photo credit: @chrisshrestha69]

शंचरबार  को दिन

शंचरबार को दिन

शंचरबार को दिन, मासु खाने, बियर पिउने, रमाइलो गर्ने दिन हो।

बर्षौंको अनिश्चितकालिन सुताई पश्चात (last seen 2012), डुकुलन्ठक आज एस शंचरबार को शुभ दिन, १० बजे को घमाइलो घडी मा पुन: जागृत भएको छ। फेरी सुत्न पनि सक्छ, भन्न सकिंदैन।

मासुभात खाउँ, बियर घ्टकाउं। शंचरबार परिवार संग मनाउँ।

P.S. यो कोरोना भनेको के हो?